न्याय माग्दा बलात्कृत

कैलाली , २०६६ माघ १७ - न्याय माग्दा सतित्व नै गुमाउनुपर्ला भन्ने कहिल्यै सोचेकी थिइनन् रामकुमारी लोनियाले ।

आˆनै देवरानीसागको घरायसी झगडाका कारण न्याय माग्न हिडेकी उनले न्याय पाउन त परै जाओस् उल्टै आˆनो सतित्व नै गुमाउनु पर्‍यो र अहिले सोही कारणले उनी समाजबाट बहिष्कृत हुदैछिन् ।

ल्ाालबोझी गाविस वडा नं. ३ की लोनिया आˆनै देवरानी पचैया लोनियासगको घरायसी विवादका कारण न्याय माग्न गत पुस २५ गते माओवादी गाविस जनपरिषद् अध्यक्षसमेत रहेका विप्लव कहा पुगेकी थिइन् ।

सबैले माओवादीलाई भनेमा न्याय पाइन्छ भनेकाले आफू विप्लवकहा गएको उनी बताउछिन् ।

सबै कुरा बताएपछि माओवादी नेताले अहिले माघी चलिरहेकाले दुई-तीन दिनपछि आउनु भन्ने जवाफ दिएका थिए । तर उनीसगै रहेका वाइसिएल कार्यकर्ता उस्मान खाले आजै न्याय दिलाइदिन्छु भन्दै स्थानीय जङ्गलमा लगेर बलात्कार गरेको लोनिया बताउछिन् ।

'आफूले तिमी छोरा उमेरको मान्छे हौ यस्तो कुकृत्य किन गर्छौ भन्दाभन्दै राक्षसले मेरो सतित्व लुटयो मैले आˆनो धर्म बचाउन सकिन' भक्कानिदै लोनिया भन्छिन् ।

घटनाबारे लोनियाले इलाका प्रहरी कार्यालय, भजनीमा उजुरी त दिइन् तर प्रहरी निरीक्षक हेमबहादुर शाही भने आफूले तीन-चारपटक उक्त घरमा छापा मार्न लगाए पनि कोही फेला पर्न नसकेको भन्दै दोषीलाई राजनीतिक संरक्षण भएको बताउछन् ।

प्रहरी पुगेको सूचना पाउने बित्तिकै खा भारतीय सीमापारि भाग्ने गरेकाले पीडितलाई न्याय दिलाउन नसकिएको प्रहरीको भनाइ छ ।

पाच सन्तान र दुई नातिनातिनीकी हजुरआमा रहेकी अन्दाजी ४५ वर्षीया लोनियाका श्रीमान् पाच महिनादेखि भारतको महाराष्ट्रमा नोकरी गर्न गएका छन् भने छोराहरु पनि परिवारसहित उतै बस्छन् ।

उस्मानले घरमा आई अब जे हुनु भैगो गाउमै मिलौ भनेको थियो तर आफूले दुष्टलाई कारबाही गर्नैपर्छ भनेपछि ऊ फर्केर गयो-पीडित लोनियाले भनिन् ।

तर पीडितका छिमेकी मगुल लोनिया र काशिराम यादवका अनुसार मुसलमानबाट बलात्कृत भएकीले पीडितको हातको पानी नखाने र उसको मुख पनि हेर्न हुदैन भनी पीडितका गोतियार -बिरादरी) ले सल्लाह गरी सामाजिक बहिष्कार गर्ने तयारी गरिहेका छन् ।

घटना भएको लामो समयसम्म पनि महिला अधिकारकर्मी तथा मानवअधिकारवादीले कुनै सहयोग नगरेको पीडितको गुनासो छ ।

source: ekantipur.com