वेपत्ता युवकको घरमा गिद्धको अनौठो चर्तिकला/हेर्नेको घुइचो

 
पाल्पा, २०६६ माघ १७ - पश्चिम पाल्पाको खस्यौली गाविस २ देवलडाडाका एक युवक ८ दिन देखि वेपत्ता भएका छन् । वेपत्ता ३१ वर्षीय युवक घनबहादुर रुचालको प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य गरीरहेका बेला शनिवार साँझ भने सोहि घरमा अनौठौ घटना भएको छ ।

वेपत्ता छोरा र श्रीमान् आउलान् भनि आस गरेर बसेका बेला लोपोन्मुख गिद्धले अनौठौ क्रियाकलाप गरेपछि यस भेगका मानिसहरुलाई नै चकित तुल्याएको छ । मांसाहारी पंन्छि गिद्धको अनौठौ क्रियाकलाप हेर्न शनिवार साझ देखि रातभर नै यहा भिड लागेको छ । भिड आइतवार विहानसम्म पनि जारी छ ।

पाल्पाको सदरमुकाम तानसेन देखि १२ किलोमिटर पश्चिममा भएको यो अनौठौ प्रकृतिको घटना हेर्न राति नै जिल्ला जिल्ला बाहिरबाट मानिसहरुको घुईचो लागेको छ । प्रहरीले सुरक्षा दिई व्यवस्थित पार्नु परेको स्थानीय चिरन्जीवी अमात्यले बताए । 

माघ ९ गते देखि रुचाल घरबाट वेपत्ता छन ् । स्थानीय बासिन्दाले कतै गएकोहोला आउला भनी दुई चार दिन विताएपनि कहि कतैवाट उपाय नलाएपछि शनिवार ५० जना भन्दा बढी भेला भएर खोजी कार्यमा जुटेका थिए । 

१५ जना जति घरमै भएका बेला अचानक ठूलो आवाजमा मान्छेकै भीडमा ठूलो गिद्ध बस्न आएको वेपत्ता रुचालका काका जगतबहादुरले बताए । उनका अनुसार मान्छेकै बीचमा आएर अचानक गिद्ध बसेपछि सबैमा त्रासको वातावरण छायो । 

हेर्दा हेदै गिद्ध बाटैबाट घरमा र घरको गोठ तीर गयो र वेपत्ता रुचालको श्रीमती २७ वर्षीया विमलाको ओढ्ने पछ्यौरा र वेपत्ता भएका घनबहादुरको जुत्ता चप्पललाई मात्र तान्ने, ठुङ्ग्ने गर्न थालेपछि अनौठो क्रियाकलाप भएको महसुश भएको अर्का काका पर्ने केशर बहादुर रुचालले बताए । मांसाहारी गिद्धले भान्सामा गएर कसौडीको चामलको भात खाएपछि यहा सबैले अनौठौ मानेका छन् । 

नवलपरासीको परासी बजारमा जुत्ता सिलाउने पेशा गर्दै आएका घनबहादुृर जण्डिस रोगी भएपछि आफ्नै पाल्पा खस्यौली स्थित घरमा आएर बसेका हुन् । श्रीमती विमलाका अनुसार जण्डिस सन्चो भैसकेको थियो । तर, पछिल्लो समयमा वरवराउने, असामान्य क्रियाकलाप गर्ने गरेका थिए । 

काका जगतबहादुरले दुई तीन दिन अघि अचानक वेहोस् भएर ढलेको र त्यसपछि असामान्य क्रियाकलाप गरेको बताए । जिल्ला प्रहरी कार्यालय, हार्थोक प्रहरी चौकीवाट समेत यस घटनाको अनुसन्धान भइरहेको छ । 

स्थानीय बासिन्दाले अनौठौ क्रियाकलाप भएपछि लामाधामी गरेका छन् । वेपत्ताको खोजीको लागि भनि गरिएको लामा अजिम मियाले झांकिदै ४५ दिन भित्र लामा, झांक्री बनेर आउने आश्वासन गिद्धलाईअगाडि राखेर दिएका छन् । उनले उत्तर तर्फ कहि गुफामा लुकेको र उनलाई खोजी गर्न नपर्ने बताएपछि सबै जनाले पत्याएका समेत छन् । 

source: ekantipur.com