वेपत्ता युवकको घरमा गिद्धको अनौठो चर्तिकला/हेर्नेको घुइचो

 
पाल्पा, २०६६ माघ १७ - पश्चिम पाल्पाको खस्यौली गाविस २ देवलडाडाका एक युवक ८ दिन देखि वेपत्ता भएका छन् । वेपत्ता ३१ वर्षीय युवक घनबहादुर रुचालको प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य गरीरहेका बेला शनिवार साँझ भने सोहि घरमा अनौठौ घटना भएको छ ।

वेपत्ता छोरा र श्रीमान् आउलान् भनि आस गरेर बसेका बेला लोपोन्मुख गिद्धले अनौठौ क्रियाकलाप गरेपछि यस भेगका मानिसहरुलाई नै चकित तुल्याएको छ । मांसाहारी पंन्छि गिद्धको अनौठौ क्रियाकलाप हेर्न शनिवार साझ देखि रातभर नै यहा भिड लागेको छ । भिड आइतवार विहानसम्म पनि जारी छ ।

कर्णालीमा माओवादी अवरोध/ भारतद्वारा सबै लगानी प्रभावित हुने चेतावनी

काठमाडौ, २०६६ माघ १७ - माओवादीले माथिल्लो कर्णालीमा गरेको अवरोधले नेपालको समग्र लगानी वातावरणमा गम्भीर असर पर्ने चेतावनी भारतले दिएको छ । यता नेपाल सरकारले जलविद्युत आयोजनाहरू र लगानी सुरक्षाबारे सरकार गम्भीर रहेको उल्लेख गर्दै यस्ता घटना (बाधा अवरोध) बाट विचलित नहुन सबैलाई अनुरोध गरेको छ ।

न्याय माग्दा बलात्कृत

कैलाली , २०६६ माघ १७ - न्याय माग्दा सतित्व नै गुमाउनुपर्ला भन्ने कहिल्यै सोचेकी थिइनन् रामकुमारी लोनियाले ।

नेपाल ल्याइँदै गरेको ठूलो संख्यामा विस्फोट पदार्थ बरामद

काठमाडौँ, माघ १६ (नागरिक)-दुई लाख डिटोनेटरसहित ठूलो संख्यामा विस्फोटक पदार्थसहित राजस्थानबाट नेपालको वीरगञ्ज आउँदै गरेको एउटा ट्रक भारतको पटनामा प्रहरीले बरामद गरेको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, बरामद गरिएको ट्रकमा एक लाख ५० हजार डेटोनेटर इलेक्ट्रिक हुन् भने बाँकी ५० हजार म्यानुअल।

Costs of Nepal bandas

- By Chandan Sapkota.

Organizing strikes (popularly known as bandas) have been the easiest way to either show discontent over government policies or to press for one that serves the interest of a certain group. The people dislike bandas because it never serves their interest. It costs them their freedom, vocation and income. Frustrated by the disruption of normal life, youths have initiated a campaign DIE Nepal Bandh DIE. Even Mother’s Groups in various cities have protested against bandas.