भारतले पूर्वका १० ठाउँमा सीमा मिचेको पुष्टि, स्तम्भसमेत गायव

खिलानाथ ढकाल, इलाम, फागुन २०- भारतले इलामको पूर्वी सीमावर्ती क्षेत्रका १० ठाउँमा अतिक्रमण गरेको पुष्टि भएको छ। सीमा प्रशासन, इलाका प्रहरी कार्यालय पशुपतिनर र नागरिक समाजको संयुक्त टोलीले स्थलगत अनुगमनपछि १० ठाउँ मिचेको पुष्टि गरेको हो। टोलीले गरेको अनुगमनमा सीमा क्षेत्रका पाँच वटा सीमा स्तम्भसमेत गायव भएको तथ्य फेला परेको छ।

कर्णालीमा माओवादी अवरोध/ भारतद्वारा सबै लगानी प्रभावित हुने चेतावनी

काठमाडौ, २०६६ माघ १७ - माओवादीले माथिल्लो कर्णालीमा गरेको अवरोधले नेपालको समग्र लगानी वातावरणमा गम्भीर असर पर्ने चेतावनी भारतले दिएको छ । यता नेपाल सरकारले जलविद्युत आयोजनाहरू र लगानी सुरक्षाबारे सरकार गम्भीर रहेको उल्लेख गर्दै यस्ता घटना (बाधा अवरोध) बाट विचलित नहुन सबैलाई अनुरोध गरेको छ ।

माओवादीको विरोधमा जोगबनी नाका बन्द, अरु सीमा क्षेत्रमा पनि कडाइ

अजित तिवारी, विराटनगर, माघ १३- एकीकृत नेकपा माओवादीको पोस्टरमा भारतको राष्ट्रिय झण्डा र अशोक स्तम्भलाई जुत्तामा अंकित गरेको आक्रोशमा सीमावर्ती जोगवनीका भारतीय नागरिक प्रदर्शनमा उत्रिएका छन्। जोगबनीवासीले अनिश्चितकालका लागि नाका बन्द गरेका छन्।