भारतले पूर्वका १० ठाउँमा सीमा मिचेको पुष्टि, स्तम्भसमेत गायव

खिलानाथ ढकाल, इलाम, फागुन २०- भारतले इलामको पूर्वी सीमावर्ती क्षेत्रका १० ठाउँमा अतिक्रमण गरेको पुष्टि भएको छ। सीमा प्रशासन, इलाका प्रहरी कार्यालय पशुपतिनर र नागरिक समाजको संयुक्त टोलीले स्थलगत अनुगमनपछि १० ठाउँ मिचेको पुष्टि गरेको हो। टोलीले गरेको अनुगमनमा सीमा क्षेत्रका पाँच वटा सीमा स्तम्भसमेत गायव भएको तथ्य फेला परेको छ।

कर्णालीमा माओवादी अवरोध/ भारतद्वारा सबै लगानी प्रभावित हुने चेतावनी

काठमाडौ, २०६६ माघ १७ - माओवादीले माथिल्लो कर्णालीमा गरेको अवरोधले नेपालको समग्र लगानी वातावरणमा गम्भीर असर पर्ने चेतावनी भारतले दिएको छ । यता नेपाल सरकारले जलविद्युत आयोजनाहरू र लगानी सुरक्षाबारे सरकार गम्भीर रहेको उल्लेख गर्दै यस्ता घटना (बाधा अवरोध) बाट विचलित नहुन सबैलाई अनुरोध गरेको छ ।

नेपाल ल्याइँदै गरेको ठूलो संख्यामा विस्फोट पदार्थ बरामद

काठमाडौँ, माघ १६ (नागरिक)-दुई लाख डिटोनेटरसहित ठूलो संख्यामा विस्फोटक पदार्थसहित राजस्थानबाट नेपालको वीरगञ्ज आउँदै गरेको एउटा ट्रक भारतको पटनामा प्रहरीले बरामद गरेको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, बरामद गरिएको ट्रकमा एक लाख ५० हजार डेटोनेटर इलेक्ट्रिक हुन् भने बाँकी ५० हजार म्यानुअल।

Maoists lash out at govt silence on Indian hegemony

KATHMANDU, JAN 29 - The UCPN (Maoist), which has been concentrating its agitating for national sovereignty lately, on Friday lashed out at the government for not responding to the demonstrations by Indian citizens at Nepal-India border.

सीमाका २ सय ३६ स्तम्भ गायब

अमर खड्का, इटहरी माघ १२- नेपाल–भारतको सीमा छुट्याउन पूर्वी नेपालका सात जिल्लामा गाडिएका २  सय ३६ सीमा स्तम्भ गायब भएका छन्। यस्ता स्तम्भ धमाधम हराउन थालेपछि सशस्त्र प्रहरी पूर्वी क्षेत्रीय मुख्यालय बराहबाहिनी पकलीले गरेको स्थलगत सर्वेक्षणमा सीमा स्तम्भ गायब भएको पत्ता लागेको हो।

माओवादीको विरोधमा जोगबनी नाका बन्द, अरु सीमा क्षेत्रमा पनि कडाइ

अजित तिवारी, विराटनगर, माघ १३- एकीकृत नेकपा माओवादीको पोस्टरमा भारतको राष्ट्रिय झण्डा र अशोक स्तम्भलाई जुत्तामा अंकित गरेको आक्रोशमा सीमावर्ती जोगवनीका भारतीय नागरिक प्रदर्शनमा उत्रिएका छन्। जोगबनीवासीले अनिश्चितकालका लागि नाका बन्द गरेका छन्।